लोकसेवा बारे बहस सर्वोच्चमा ‘हेर्दाहेर्दै’लाई


लोकसेवा आयोगको स्थानीय तहका लागि निकालेकाे विज्ञापनसम्बन्धी चार वटा रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ सुरु गरेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा. ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको हो । बहस नसकिएपछि ‘हेर्दाहदै’मा बुधबार अर्को सुनवाई हुने तय भएको छ ।

यसअघि, न्यायाधीशद्वय कार्की र डा. खतिवडाको इजलासले यही असार ४ गते आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी सबै विवाद एउटै इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको थियो ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: