विश्वकप क्रिकेट : शनिवारको दोस्रो खेलमा वेष्ठ ईन्डीज ५ रनले पराजित


विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले वेष्ट इण्डिजलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । प्रतिस्पर्धात्मक खलमा न्यूजिल्याण्डले क्मायारेबियन टोलीमाथि ५ रनको जित हात पार्‍यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले ५० ओभरमा आठ विकेट गुमाउँदै २९१ रन बनाएको थियो । पहिलो दुई विकेट सात रनको अवस्थामा गुमाएको न्यूजिल्याण्डका लागि केन विलियमसन र रोश टेलरले उत्कृष्ट प्रदर्शन गरे । तेस्रो विकेटका लागि उनीहरुले १६० रनको साझेदारी गरेपछि न्यूजिल्याण्ड सम्मानजनक स्कोरमा बनेको थियो |

विलियमसनले १४८ रनको योगदान दिए । त्यस्तै टेलरले ६९ रन बनाए । बलिङतर्फ शेलडन कोट्रेल एक्लेले चार विकेट लिए भने कार्लोस ब्राथह्वाइटले दुई विकेट हात पारे ।

२९२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४९ ओभरमा २८६ रनमा अलआउट भयो । उसका लागि कार्लोस ब्राथह्वाइटले १०१ रनको शतकीय योगदान दिए । उनले ८२ बलमा नौ छक्का र पाँच चौका प्रहार गरेका थिए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: