आयोजक  इंगल्यान्ड माथि श्रीलंकाको रवाफिलो जित


इङ्ल्याण्डमा जारी आयोजक इङ्ल्याण्डलाई २० रनले पराजित गर्दै श्रीलंकाले दोस्रो जित निकालेको छ |

खेलमा पहिले ब्याटिङ गर्दै श्रीलंकाले इङ्ल्याण्डलाई २३३ रनको लक्ष्य दिएको थियो।

लक्ष्य पछ्याउन आएको इङ्ल्याण्डलाई श्रीलंकाका बलरहरूले खुलेर खेल्न दिएनन् र इङ्ल्याण्ड ४७ ओभरमा अलआउट हुँदै २१२ रनमा समेटिन पुगेको थियो।

लक्ष्य पछ्याउन आएको इङ्ल्याण्डलाई श्रीलंकाका बलरहरूले पहिलो ओभरबाट नै दबाबमा राखे। जोनी बेयरस्टोलाई खाता खोल्न नदिई लसिथ मालिगांले पेभेलियन फर्काइदिए भने अर्का ओपनर जेम्स भिन्सलाई पनि मात्र १४ रनमा पेभेलियनको बाटो देखाइदिए।

त्यसैगरी कप्तान इयोन मोर्गन र जोए रूटको साझेदारी पनि ४७ रन भन्दा उता जान सकेन। २१ रन बनाएर मोर्गन आउट भए भने चौथो विकेटका रूपमा रूट आउट भए । यसैगरी जोस बटलर पनि मात्र १० रनमा एलबिडब्लुको शिकार हुँदै आउट भए।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: