चीनको पनि ट्विप्लोमेसी, ट्विटरमार्फत कूटनीतिक अभ्यास


ट्विटरलाई आफ्नो देशमा प्रतिबन्ध लगाउँदै आएको चीनका राष्ट्रपति सी चिनफिङ ट्विटरमा नभएर के भयो र ? उनका राजदूतहरू देश हेरी ट्विटरमार्फत कूटनीतिक अभ्यास गर्न थाल्दै छन् । नेपालमा रहेकी उनकी प्रतिनिधिले शुक्रबार त्यसकै श्रीगणेश गरिन् ।

राजदूत होउ याङचीले ट्विटर एकाउन्ट खोलेको जानकारी सार्वजनिक गर्न दूतावासले संवाददाताहरूलाई इमेल गर्‍यो । ‘दक्षिण एसियाको विकास र समृद्धिका लागि बेल्ट एन्ड रोडबारे चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन पाउँदा हर्षित छु,’ उनले पहिलो ट्विट अंग्रेजीमै गरिन्, ‘दक्षिण एसियाली देशलगायत छिमेकीसँग आर्थिक र सामाजिक विकासलाई प्रवर्द्धन गर्न चीनले बीआरआईअन्तर्गतको साझेदारीलाई थप अघि बढाउनेछ ।’ ट्विटर संसारमा चिनियाँ राजदूतको उपस्थितिलाई धेरैले स्वागत गरेका छन् । आजको कान्तिपुर दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: