क्रिकेट विश्वकपमा अफघानिस्तान र इंगल्याण्ड भिड्दै


आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) आयोजक इङ्ल्यान्ड र अफगानिस्तान भिड्दैछन् । ओल्ड ट्राफोर्डमा साँझ ३ः१५ बजे सुरु हुने खेलमा इङ्ल्यान्ड चौथो जित निकाल्ने अभियानमा छ । जारी विश्वकपमा दुवै टोलीले पाँचौं खेल खेल्दैछन् ।

यसअघिको चार खेलमा सबै हार खेपेको अफगानिस्तानको लक्ष्य पहिलो जित निकाल्नु रहेको छ । तीन जित र एक हार खेपेको इङ्ल्यान्ड ६ अंक सहित तालिकाको चौथो स्थानमा छ । अफगानिस्तान तालिकाको अन्तिममा छ ।

आयोजक इङ्ल्यान्ड यसपटक निकै राम्रो लयमा देखिएको छ । उपाधिको दावेदार इङ्ल्यान्डको ब्याटिङ, बलिङ र फिल्डीङ उत्कृष्ट छ । टोलीमा अनुभवी र स्टार खेलाडी छन् । घरेलु मैदान र दर्शकको साथले पनि इङ्ल्यान्ड उत्हासित छ । अफगानिस्तानले विश्वकपमा दोस्रो पटक भाग लिएको हो । अघिल्ला खेलको हारले पनि अफगानिस्तान कमजोर बन्दै गएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: