नेपालको स्याटेलाइट जापानबाट शिक्षा मन्त्रीले ‘गो’ भनेपछि उड्यो


नेपालको पहिले भू-उपग्रह ‘नेपालीस्याट-१’ले सोमबारबाट पृथ्वीको परिक्रमा गर्न सुरु गरेको छ ।

अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रबाट नानो स्याटेलाइट अन्तरीक्षमा छाडिएको हो । जापानको जाक्साबाट सोमबार अपरान्ह  ४ बजेर १९ मिनेटमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘गो’ भनेका थिए ।

‘नेपालीस्याट-१’ प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा रपटक नेपालको आकाशमा आउनेछ ।
Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: