वर्ल्डकपमा भारत सामु पाकिस्तान ८९ रनले पराजित


आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले तेस्रो जित निकालेको छ । पाकिस्तानलाई डीएल पद्दतिको आधारमा ८९ रनले पराजित गर्दै भारतले तेस्रो जित निकालेको हो ।

आईसीसी विश्वकपको हाई भोल्टेज गेममा भारत र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको थियो । ४६.४ ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनाएका बेला पानी परेपछि आधा घण्टासम्म स्थगित भएको खेल पुनः सुरु भएको थियो ।

वर्षा हुँदा ७१ रन बनाएर क्रिजमा रहेका कप्तान विराट कोहली खेल सुरु भएपछि व्यक्तिगत खातामा ६ रन थप्दै ७७ रन बनाएर आउट भए । कोहली आउट हुँदा भारतको स्कोर ५ विकेटको नोक्सानीमा ३१४ रन रहेको थियो ।

म्यानचेस्टरको वल्ड ट्राफोर्डमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले उत्कृष्ट सुरुवाआत गर्‍यो । भारतका रोहित शर्माले शतक बनाउँदा अर्का ओपनर केएल राहुल र कप्तान विराट कोहलीले अर्धशतक बनाए ।

पाकिस्तानका लागि फकर जमानले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बाबर आजमले ४८ तथा इमाद वासिमले अविजित ४६ रन बनाए । शादव खान २० रनमा अविजित रहे ।

भारतका विजय शंकर, हार्दिक पाण्डया र कुलदिप यादवले २/२ विकेट लिए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: