धेरै मोबाईल चलाउने बानीले क्यान्सर हुने वैज्ञानिकको खोज


अहिलेको आधुनिक जीवनशैलीमा मोबाइल एक अभिन्न अंग बनेको छ । संसारमा जम्मा जनसंख्याको ६० प्रतिशत मानिसहरुले मोबाइलको प्रयोग गर्छन् ।

यो क्रम बढ्दो छ । यसले हाम्रो दैनिक जीवनलाई नाटकीय ढंगले रुपान्तरण गरेको छ ।

यद्यपि मोबाइलको नियमित र अत्याधिक प्रयोगले मानिसको स्वास्थ्यमा थाहै नपाइ नकारात्मक असर गरिरहेको हुन्छ ।

मोबाइलको अत्याधिक प्रयोगले दिमागको क्यान्सर हुन सक्ने प्रबल सम्भावना रहन्छ भन्ने तथ्यहरु पछिल्ला वैज्ञानिक अनुसन्धानले अगाडि सारेका छन् ।

मोबाइलको अत्याधिक प्रयोगले हुने असरहरु
१. निद्रामा असन्तुलन,
२. मानसिक थकान चिन्ता, रिसाहा प्रवृत्ति बढ्ने,
३. टाउको दुख्ने, स्मरण क्षमता घट्ने, एकाग्रतामा कमी,
४. दिमागमा असर गर्ने, शरीरका अंगहरुमा विकिरणको प्रभाव,
५. बालबालिका वा किशोर किशोरीहरुको स्नायु विकास हुने क्रममै रहेकाले उनीहरुमा मोबाइलको प्रयोगले ब्रेन क्यान्सरको जोखिम उच्च बनाउँछ,
६. ड्राइभिङ्ग गर्दा त दुर्घटना निम्त्याउन सक्छ मोबाइलले ।

मोबाइलको सुरक्षित उपयोग कसरी गर्ने ?
आधुनिक उपकरणहरुको हामीले सही सदुपयोग गर्दा हाम्रो स्वास्थ्यले अनावश्यक समस्या झेल्नुपर्दैन । त्यसैले मोबाइल फोनको प्रयोग गर्दा निम्न विधिहरु अवलम्बन गर्ने कोसिस गरौँ ।
१. मोबाइलमा कुरा गर्दा हेडफोन प्रयोग गर्ने यद्यपि निरन्तरको हेडफोनको प्रयोगले सुन्ने क्षमतामा समस्या निम्त्याउन सक्छ ।
२. मोबाइल फोनलाई बालबालिकाको पहुँचबाट टाढै राख्नुस् किनकी उनीहरुलाई विकिरणको असर झन् ज्यादा पर्दछ ।
३. मोबाइलमा नेटवर्क कमजोर हुँदा कुरा नगरौँ, सकेसम्म मोबाइललाई आफ्नो शरीर भन्दा पर राखौँ ।
४. दुवै कानको उत्तिकै प्रयोग गर्नुस् धेरै देब्रे कानतर्फबाट कुरा गर्नुस् ।
५. गुणस्तरीय मोबाइल प्रयोग गर्नुस् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: