क्रिकेट विश्वकपमा पाकिस्तान र भारत बीचको खेलको टिकट महँगो


आइतबार भारत र पाकिस्तान जारी विश्वकप क्रिकेटमा एकअर्काविरूद्ध भिड्दैछन्। सन् २०१३ पछि राजनीतिक कारणले आईसिसी र एशियन क्रिकेटमा बाहेक एकअर्कासँग खेल्न छाडेका छन्।

यस्तोमा आइतबार हुने यी दुई टोलीबीचको क्रिकेट हेर्नका लागि किनिने टिकटको मूल्य आकाशिएको छ।

इङ्ल्याण्डमा लाखौंको संख्यामा भारतीय तथा पाकिस्तानी मुलका मानिसहरूको बसोबास रहेकाले टिकटको मूल्य आकाशिएको हो।

दुई टोलीबिचको भिडन्त हेर्नका लागि काटिएको टिकटको मूल्य ६० हजार भारूमाथि पुगेको संचारमाध्यमहरूले जनाएका छन्।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: