पक्षपात पूर्ण तरिकाले पीच दिएको श्रीलंका र पाकिस्तानको गुनासो


इङ्ल्याण्डमा जारी क्रिकेट विश्वकपमा क्रिकेट पिच हरियो भएको भन्दै श्रीलंका टिमले पनि आईसीसीलाई गुनासो गरेको छ।

उसले खराब पिच, अपर्याप्त प्रशिक्षण तथा यातायात सुविधाको खराब व्यस्थापनप्रति असन्तोष प्रकट गरेको छ।

श्रीलंका अघि पाकिस्तानका कप्तान सरफराज अहमदले भारतीय टोलीका हिसाबले मनलाग्दी पिच बनाइएको आरोप लगाएका थिए। उनले पाकिस्तानलाई हरियो पिचमात्रै दिने गरेको गुनासो गरेका थिए। उनले ब्याटस्म्यान र स्पीनरहरलाई सहयोगी हुने राम्रो पिच भारतलाई दिइएको आरोप लगाएका थिए।

श्रीलंकाली टिम व्यवस्थापक असांथा डि मेलले आईसिसीलाई पत्र लेख्दै श्रीलंकाले कार्डिफमा दुईवटा हरियो पिचमा क्रिकेट खेल्नुपरेको गुनासो गरेका छन्। सोहि मैदानमा उसले न्यूजिल्याण्डसँग हार र अफगानिस्तानसँग जितको नतिजा निकालेको थियो।

उनले शनिबार पनि अस्ट्रेलियाविरूद्धको खेलमा हरियो पिचले नै कुरिरहेको बताए। उनले यो उचित नभएको उनको भनाइ छ। उनले आईसिसीले केहि टिमको हिसाबले पिच तयार गरेको आरोप लगाए।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: