विरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव


काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएको छ ।

बिरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । प्रदर्शनकारी र प्रहरीबीच शुक्रबार झडप भएको छ । यो अस्पताल बेलाबेला विवादमा पर्दै आएको छ ।

शुक्रबार साँझ मृतकका आफन्तले अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै झगडा गर्न थालेपछि अस्पताल परिसर तनावग्रस्त भएको हो ।

अस्पताल परिसर तनावग्रस्त भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न दुई राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा बिरामीका केही आफन्त घाइते भएको प्रहरीले जनाएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: