प्रधानमन्त्री विदेश गएका बेला कार्यवाहक प्रमले गरे पत्रकार संग छलफल


केही समययता सरकार र मिडियावीचको सम्बन्ध चिसिएको र सम्वादहीन अवस्थामा पुगेको छ ।

यही सन्दर्भ पारेर विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सिंहदरबारमा सम्पादकहरुलाई छलफलका लागि बोलाए ।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोधमा अहिले नेपाल पत्रकार महासंघ आन्दोलनरत छ ।

महासंघको आन्दोलनलाई सम्पादक समूहले पनि समर्थन जनाएको छ । सरकारले अहिलेसम्म पत्रकार महासंघलाई वार्तामा बोलाएको छैन ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: