गर्मी बढेपछि विद्यालय बन्द


गर्मी बढेपछि वीरगञ्जमा एक साताका लागि विद्यालय बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै असार १ गतेदेखि ६ गतेसम्म सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको हो ।

वीरगञ्ज महानगरपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयका प्रधानाध्यापकहरुको छलफल तथा नगर शिक्षक महासंघको राय अनुसार विद्यालय बन्द गर्ने निर्णयमा पुगेको सूचनामा उल्लेख छ ।

‘गर्मी अत्याधिक बढेको छ, कतिपय सामुदायिक विद्यालयमा पंखा पनि छैन, स–साना बालबालिकालाई गर्मीमा विद्यालयमा झनै समस्या छ’ महानगर प्रमुख विजयकुमार सरावगीले भने, ‘त्यहि भएर एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छौ, अवस्था हेरेर एक साता थप्न पनि सकिन्छ ।’

एकसातापछि पनि मनसुन शुरु नभई प्रचण्ड गर्मी कायम रह्यो भने विद्यालय बन्दलाई एक साता अझै निरन्तरता दिनुपर्ने अवस्था आउन सक्ने सरवगीले जानकारी दिए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: