नेपाल भ्यालुयर्स एसोसिएसन र आगामी कार्यदिशा


नेपाल भ्यालुयर्स एसोसिएसनकाे संक्षिप्त जानकारी 
नेपाल भ्यालुयर्स एसोसिएसन स्थापनाकालमा ७ जना व्यक्तिहरुको पहलमा अघी बढेको संस्था हो । धितो मुल्यांकन क्षेत्र व्यवस्थित नभएको र यस क्षेत्रमा विभिन्न समस्याहरु रहेको अवस्थामा मुल्याङकन क्षेत्र व्यवस्थित समेत नभएको अवस्थामा संस्थागत पहल हुन सकेमात्र यो क्षेत्र व्यवस्थित बन्ने, नीतिगत व्यवस्था गर्न सहज हुने र यस क्षेत्रमा काम गर्ने व्यवसायीहरुको भविष्य सुरक्षित हुने मान्यता बमोजिम यस संघको अवधारणा अघी बढाइएको हो । अहिले सम्म आइपुग्दा भने यस संस्थाका सदस्यहरुको सङ्ख्या साढे ३ सय पुगिसकेको छ ।

प्रस्तुत छ महिला उद्यमी लैला श्रेष्ठ सँग कुराकानीको आधारमा तयार पारिएको यो सामाग्री 

धितो मूल्याङ्कनमा स्पष्ट नीतिको अभाव

नेपालमा सम्पत्ति मूल्याङ्कन क्षेत्रलाई व्यवस्थित गर्न अहिले सम्म पनि राज्य पक्षबाट स्पष्ट नीति बन्न सकेको छैन । स्पष्ट नीति बन्न नसक्दा कार्यविधि बिना नै मूल्याङ्कन क्षेत्रमा रहेर काम गर्नुपर्ने अवस्था छ । मूल्याङ्कन क्षेत्र अहिले सम्म व्यवस्थित बन्न नसक्नुमा राज्यको स्पष्ट नीति बन्न नसक्नु नै ठुलो समस्या बनेको छ । यसको साथै अहिलेको अवस्थामा सम्पत्ति मूल्याङ्कनकर्ता इन्जिनियरले नै कानुनी पक्ष हेर्नुपर्ने अवस्था छ । राज्यले यस क्षेत्रलाई व्यवस्थित बनाउन नीतिगत व्यवस्था गर्ने र व्यवस्थित तवरले काम गर्ने किसिमले पहल हुने हो भने आगामी दिनमा मूल्याङ्कन क्षेत्रको सम्भावना नेपालमा राम्रो छ ।

भ्यालुयर्स संघका आगामी कार्यदिशा

पछिल्लो समय व्यावसायिक हक, हित एवं सदस्य विस्तारमा केन्द्रित रहेको नेपाल भ्यालुयर्स एसोसिएसन यस क्षेत्रलाई व्यवस्थित तवरले अघी बढाउन आवश्यक नीतिगत व्यवस्थाको लागि राज्यलाई दबाब दिने कार्यमा निरन्तर लागिरहेको छ । संघको बार्षिक साधारण सभाको अवसरमा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले समेत मूल्यांङ्कनकर्ता इन्जिनियरहरु वास्तवमा समस्यामा रहेको र यसलाई समाधान गर्नको निम्ति मूल्याङ्कनकर्ता, बैंकिङ क्षेत्र र नेपाल राष्ट्र बैंकको आपसी समन्वय आवश्यक रहेको समेत बताउनुभएको थियो । यसको साथै गभर्नर नेपालले व्यवसायीहरुलाई तत्काल नै आवश्यक ड्राफ्ट तय गरेर आवश्यक नीतिविधि सहित मुल्यांकन क्षेत्रलाई अघी बढाउने सम्बन्धमा सोहीबमोजिम तयारीमा लाग्न संघ मातहतका मुल्यांकनकर्तालाई आग्रह गर्नुले व्यवसायीलाई समेत थप प्रेरणा मिलेको छ ।

 

नेपालमा सम्पत्ति मूल्याङ्कन क्षेत्रलाई व्यवस्थित गर्न अहिले सम्म पनि राज्य पक्षबाट स्पष्ट नीति बन्न सकेको छैन । स्पष्ट नीति बन्न नसक्दा कार्यविधि बिना नै मूल्याङ्कन क्षेत्रमा रहेर काम गर्नुपर्ने अवस्था छ । मूल्याङ्कन क्षेत्र अहिले सम्म व्यवस्थित बन्न नसक्नुमा राज्यको स्पष्ट नीति बन्न नसक्नु नै ठुलो समस्या बनेको छ । यसको साथै अहिलेको अवस्थामा सम्पत्ति मूल्याङ्कनकर्ता इन्जिनियरले नै कानुनी पक्ष हेर्नुपर्ने अवस्था छ ।

आवश्यक छ तथ्याङ्क सङ्कलन 
नेपालमा पछिल्ला बर्षहरुमा सम्पत्ति मूल्याङ्कन कार्यको दायरा निकै नै तीव्रताको साथ विस्तार भइरहेको छ । नेपालका सबै प्रदेशहरुमा नेपाल भ्यालुयर्स एसोसिएसनका च्याप्टरहरु विस्तार भइसकेका छन् । यद्यपि भ्यालुयर्स एसोसिएसनको दायरामा अझै पनि सबै मूल्यांकनकर्ताहरु आउन सकेका भने छैनन् । यसको साथै नेपालमा अहिले सम्म यति सङ्ख्यामा मूल्याङ्कनकर्ताहरु छन् भन्ने जानकारी समेट्ने प्रयाश गरिएको छैन । आगामी दिनमा यस क्षेत्रमा कार्यरत व्यवसायीको तथ्यांक सङ्कलन गर्ने कार्यमा भ्यालुयर्स एसोसिएसनले समेत पहल गर्नुपर्ने आवश्यकता छ ।

नेपालमा पछिल्ला बर्षहरुमा सम्पत्ति मूल्याङ्कन कार्यको दायरा निकै नै तीव्रताको साथ विस्तार भइरहेको छ । नेपालका सबै प्रदेशहरुमा नेपाल भ्यालुयर्स एसोसिएसनका च्याप्टरहरु विस्तार भइसकेका छन् । यद्यपि भ्यालुयर्स एसोसिएसनको दायरामा अझै पनि सबै मूल्यांकनकर्ताहरु आउन सकेका भने छैनन् । यसको साथै नेपालमा अहिले सम्म यति सङ्ख्यामा मूल्याङ्कनकर्ताहरु छन् भन्ने जानकारी समेट्ने प्रयाश गरिएको छैन । आगामी दिनमा यस क्षेत्रमा कार्यरत व्यवसायीको तथ्यांक सङ्कलन गर्ने कार्यमा भ्यालुयर्स एसोसिएसनले समेत पहल गर्नुपर्ने आवश्यकता छ ।

 

महिला उद्यमीको रुपमा लैला श्रेष्ठको अभिव्यक्ति
‘म अहिलेको अवस्थामा आइपुग्नुमा मेरो परिवार तथा मेरो सम्पर्कका सहकर्मीहरुको सहयोग निकै नै महत्वपूर्ण छ । हाल म विभिन्न सामाजिक गतिविधिहरुमा समेत सक्रिय तवरले संलग्न रहँदै आएकी छु । आगामी दिनमा नेपाल भ्यालुयर्स एसोसिएसनको अलावा सोना र नेपाल इन्जिनियर्स एसोसिएसनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने योजना सहित म निरन्तर रुपमा अघी बढिरहेकी छु । यद्यपि समयको व्यस्तता र पारिवारिक परिस्थिति लगायतले केही अप्ठ्यारो परेको महसुस गरेकी छु ।’

महिला दिदीबहिनीहरुलाई सल्लाह 
कुनै परिवारमा महिला सक्षम छिन् भने सम्पूर्ण परिवार नै सक्षम र सबल बन्न सक्छ । महिला आफ्नो क्षमता बमोजिमको काममा संलग्न रहने हो भने अवश्य पनि परिवारको अवस्थामा पनि सुधार आउन सक्छ । वैवाहिक जीवन पश्चात् मात्रै हरेक महिलाको जीवनले स्पष्ट मार्ग बाटो भेट्ने गर्छ । यसकारण हरेक महिला आफ्नो क्षमता बमोजिमको काममा राम्रोसँग समय व्यवस्थापन गरी निरन्तर व्यस्त भइरहनु निकै नै महत्वपूर्ण हुने गर्छ । सक्षम महिला नै सुखी परिवारको लागि मुख्य आधार हुने कुरालाई सबै महिला दिदीबहिनीहरुले बुझ्नु जरुरी रहन्छ ।

 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: