मेघ गर्जन र हावाहुरी गराउने मौसम प्रणालीको विकास


जल तथा मौसम पूर्वानुमान महाशाखाले केहीबेरअघि जारी गरेको सूचनामा अहिले काठमाडौँ आसपासका क्षेत्रहरुमा विकसित हुँदै गरेको प्रणालीका कारण केही स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षा गराउने बादल विकसित भैरहेको जनाएको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पका कारण यो अवस्था सिर्जना भएको मौसमविद सुवास रिमालले बाह्रखरीसँगको कुराकानीमा बताए ।

उनले भारतको गुजरातमा आएको वायु भने सोचिएभन्दा कमजोर आएकाले समुद्री किनार आसपासमा केही क्षतिबाहेक खासै असर नदेखिएको र सो वायुको नेपालमा कस्तोे असर पर्न सक्छ भन्ने कुराको आकलन अहिले नै गर्न नसकिने जनाए । काठमाडौंको अवस्था आत्तिइहाल्नुपर्ने नरहेपनि केही बेर बादल बन्ने, केहीबेर वर्षा हुने, हावाहुरी पनि आउन सक्ने जस्तो अवस्था रहेको उनले जनाए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: