लोकसेवा विज्ञापनका सम्बन्धमा माईतीघरमा प्रदर्शन


संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्ध गर्न सरकारलाई दिएको निर्देशनबारे बुधबार (दोस्रो) दिन पनि प्रदर्शन भएको छ ।

परीक्षाको तयारीमा जुटेकाहरुले लोक सेवा तयारी तदर्थ संघर्ष समिति नै गठन गरेर माइतीघर मण्डलामा दोस्रो दिन पनि प्रदर्शन जारी राखेका छन् । उनीहरुले करार भर्ना बन्द गर, राज्य व्यवस्था समिति मुर्दावाद लोकसेवा आयोगको विश्वसनीयता कायम गर जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिरहेका छन्।

लोकसेवा आयोगले यहि जेठ १५ गते आब्हान गरेको लोकसेवा विज्ञापनका विषयमा विवाद उत्पन्न भएपछि सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आयोगलाई विज्ञापन रद्ध गर्न निर्देशन दिएको थियो ।

प्रदर्शनकारीले निर्देशन फिर्ता नलिइए आन्दोलन जारी राख्ने चेतावनी दिएका छन । गत जेठ १५ गते लोकसेवा आयोगले ५१५ वटा स्थानीय तहमा पदपूर्तीका लागि ९ हजार एक सय ६१ दरबन्दीका लागि विज्ञापन आव्हान गरेको थियो । सो निर्देशन पछि लोकसेवा आयोगको फारम भरेका एक लाख भन्दा बढी विद्यार्थीले अन्यौलतामा परेका छन् ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: