बंगालादेश र श्रीलंका बीचको खेल रद्द भएपनि यस्तो दुर्लभ रेकर्ड बन्यो


आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत बंगलादेश र श्रीलंकाबीचको खेल पनि रद्द भएको छ।

इंग्ल्यान्डको ब्रिस्टोफमा तय भएको खेल वर्षाका कारण प्रभावित बनेको हो। वर्षाका कारण खेल टस नै नगरी रद्द गरियो। स्थानिय समयअनुसार दिउँसो २ बजेसम्म वर्षा जारी रहेको थियो।

यसअघि दक्षिण अफ्रिका र वेस्ट इन्डिज तथा पाकिस्तान तथा श्रीलंकाबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो।

एकै विश्वकपमा तीन खेल रद्द भएको यो पहिलो पटक हो। यसअघि सन् १९९२ र २००७ मा वर्षाका कारण २ खेल रद्द भएका थिए।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: