पत्रकार महासंघद्वारा चरणबद्द आन्दोलन गर्ने


नेपाल पत्रकार महासंघले सरकारले संसद्‍मा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै चरणबद्ध आन्दोलन गर्ने भएको छ। मंगलबार महासंघका सदस्यले विधेयक फिर्ता लिन माग गर्दै २ चरणका आन्दोनल समीक्षा गरी तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेको जानकारी दिएको छ।

बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको  आन्दोलन पूर्णंरुपमा सफल भएको निष्कर्ष निकाल्दै थप सशक्त आन्दोलन गर्ने महासंघले जनाएको छ।

आन्दोलनमा आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ-संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरु र आम जनताको सहयोग र सहभागितासमेत  प्राप्त भएको महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ‘मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान अविलम्ब फिर्ता लिन सरकार माग गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

नेपाली प्रेस जगतका जायज मागहरु अघि सारेर आन्दोलित नेपाल पत्रकार महासंघ र समग्र सञ्चार क्षेत्रप्रति सरकारले उपेक्षा गरेकोमा बैठकले दुःख प्रकट गरेको छ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: