पूर्वाधार विकास कार्यमा इन्जिनियरहरुको भूमिका


इ. अनिल मानन्धर, प्रबन्ध निर्देशक, बोनाफाइड इन्जिनियरिङ कन्सल्टेन्सी (कार्यसमिति सदस्य, नेपाल इन्जिनियर्स एसोसिएसन)

वि.सं २०७० मा काठमाडौं इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ अध्ययन पूरा गर्नुभएका मानन्धरले भवन विभागमा सिभिल इन्जिनियरको रुपमा १ बर्ष काम गर्नुभएको थियो । त्यस पश्चात् बोनाफाइड इन्जिनियरिङ कन्सल्टेन्सी सञ्चालन गर्नुभएका मानन्धर आफू आवद्ध रहेको कन्सल्टिङ फर्म मातहत हाल १० जना व्यक्तिहरुलाई विभिन्न भूमिकामा रोजगारी सृजना गर्न सफल हुनुहुन्छ ।

बोनाफाइड इन्जिनियरिङ विगत ५ बर्ष देखि सञ्चालन हुँदै आएको कम्पनी हो । हाल भवन निर्माण तथा व्यवस्थापन सम्बन्धी काम गर्दै आएको यस कम्पनीले भूकम्पीय पुःननिर्माणको निम्ति समेत कामहरु अघी बढाएर सोही बमोजिम हाल विभिन्न कामहरु समेत गर्दै आएको छ । मकवानपुरमा भूकम्प पछिको पुःनर्निमाण अन्तरगत ३४ ओटा घरहरु निर्माण गरेर छोटो समयमा नै राम्रो पहिचान स्थापना गर्न सफल यस कम्पनीले हाल विभिन्न गैरसरकारी संस्थाहरुको सहकार्यमा विभिन्न प्रोजेक्टहरु सञ्चालन गर्दै आएको छ । खासगरी यस कम्पनीले हाल विद्यालय, सरकारी भवन, होटल तथा रिसोर्ट लगायतको क्षेत्रमा रहेर काम गरिरहेको छ । अहिले सम्म आइपुग्दा नेपालमा करिब १ सय भुकम्प प्रतिरोधी भवनहरु यस कम्पनीको व्यवस्थापनमा निर्माण भइसकेका छन् । यी भवनहरु नेपाल पुनर्निमाण प्राधिकरणले तय गरेको मापदण्डमा आधारित छन् । यस कम्पनीले हाल ओखलढुङ्गामा भूकम्पीय पुनर्निमाण अन्तरगत अन्तिम चरणको रुपमा पुनर्निमाण कार्य गरिरहेको छ ।

नेपालमा इन्जिनियरिङ क्षेत्रको सम्भावना

नेपालमा इन्जिनियरिङ क्षेत्रको सम्भावना निकै राम्रो छ । पछिल्ला बर्षहरुमा पूर्वाधार निर्माण कार्यमा तीव्र रुपमा अघी बढिरहेका छन् । यससँगै इन्जिनियरिङ क्षेत्र समेत बलियो बन्दै गएको छ । भूकम्प पश्चात् नेपालमा निर्माण भएका कार्यहरुको गुणस्तरीयतामा समेत निकै नै प्रगति भएको छ । अहिले नेपाल संघीय संरचनामा गएको र स्थानीय तहहरुमा समेत सोहीबमोजिम पूर्वाधारहरु विकास हुनुपर्ने अवस्था रहेको अवस्थालाई विचार गर्दा समेत आगामी दिनमा यस क्षेत्रको सम्भावना नेपालमा निकै राम्रो रहेको पाउन सकिन्छ । पछिल्लो समय नेपालमा नयाँ–नयाँ पूर्वाधारहरु विकास हुने क्रम समेत तीव्र छ । निजी लगानीमा निर्माण हुने भौतिक पूर्वाधारको क्षेत्रम समेत राम्रो सम्भावना छ । यस्तो अवस्थामा इन्जिनियरिङ फर्म र निर्माण कम्पनीहरुको गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिष्पर्धी बजारमा आफ्नो अलग पहिचान बनाउनुपर्ने आवश्यकता समेत छ । यसो हुन सकेको खण्डमा बजारबाट प्रशस्तै कामहरु लिन सकिने अवस्था पनि छ ।

नेपालमा पूर्वाधार क्षेत्रमा सम्भावना 
नेपाल अहिले पनि विकासोन्मुख मुलुकको रुपमा नै रहेको छ । अहिले सम्म हामीलाई आवश्यक न्यूनतम पूर्वाधारहरु समेत तयार भएका छैनन् । साथै विकासोन्मुख देशहरु आर्थिक विकासको हिसाबले समेत निकै नै सम्भावनायुक्त समेत मानिन्छन् । यद्यपि यी सम्भावनालाई कसरी सफल बनाउने कार्यमा सम्बन्धित क्षेत्रमा कार्यरत विभिन्न निकायहरुको महत्वपूर्ण भूमिका रहने गर्छ । सोहीबमोजिम हामीले पनि नेपालमा विकास कार्यलाई गति दिन आपसी समन्वयमा दिगो विकास योजना बमोजिम व्यवस्थित तवरले अघी बढ्नुपर्ने जरुरी छ । राज्य पक्षले पनि बुझ्नुपर्छ कि नेपालमा निर्माण तथा इन्जिनियरिङ क्षेत्र व्यवस्थित तवरले सञ्चालन हुन सकेको खण्डमा मात्र मुलुकमा आर्थिक समृद्धि सम्भव हुन सक्छ ।

  1. नेपालमा इन्जिनियरिङ क्षेत्रको सम्भावना निकै राम्रो छ । पछिल्ला बर्षहरुमा पूर्वाधार निर्माण कार्यमा तीव्र रुपमा अघी बढिरहेका छन् । यससँगै इन्जिनियरिङ क्षेत्र समेत बलियो बन्दै गएको छ । भूकम्प पश्चात् नेपालमा निर्माण भएका कार्यहरुको गुणस्तरीयतामा समेत निकै नै प्रगति भएको छ । अहिले नेपाल संघीय संरचनामा गएको र स्थानीय तहहरुमा समेत सोहीबमोजिम पूर्वाधारहरु विकास हुनुपर्ने अवस्था रहेको अवस्थालाई विचार गर्दा समेत आगामी दिनमा यस क्षेत्रको सम्भावना नेपालमा निकै राम्रो रहेको पाउन सकिन्छ । पछिल्लो समय नेपालमा नयाँ–नयाँ पूर्वाधारहरु विकास हुने क्रम समेत तीव्र छ ।

गुणस्तरीयतामा जोड दिनु आवश्यक 
कुनै आयोजना निर्माण गर्ने क्रममा त्यस आयोजनाको गुणस्तरीयता पक्ष निकै महत्वपूर्ण हुने गर्छ । पूर्वाधार निर्माण कार्यमा त गुणस्तरीता अझ बढी महत्वपूर्ण हुने गर्छ । भौतिक संरचना निर्माण कार्यमा सम्बन्धित क्षेत्रको अनुभव भएका इन्जिनियरको क्षमता र अनुभवले नै उक्त आयोजनाको गुणस्तरीयता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसै तथ्यलाई गम्भीर रुपमा स्वीकार्दै बोनाफाइड इन्जिनियरिङले गुणस्तरीयतामा विशेष जोड दिँदै आफ्ना गतिविधिहरु अघी बढाइरहेको छ ।

निर्माण क्षेत्रमा समस्या 
अहिले नेपालमा अघी बढेका अधिकांश निर्माण क्षेत्रका गतिविधिहरुमा विभिन्न किसिमका समस्याहरु आउने गरेको पाइन्छ । यसो हुनुमा निर्माण व्यवसायीले कम लागतमा नै कामको जिम्मेवारी लिने गरेको कारण ती कार्यमा समस्या सृजना भएको पाइएको छ । कम लागतमा नै आयोजनाको जिम्मेवारी निर्माण व्यवसायीहरुले लिँदा त्यसको प्रत्यक्ष प्रभाव निर्माण हुने संरचनामा पनि पर्न जानु अस्वभाविक हुन सक्दैन । अहिले अधिकांश निर्माण व्यवसायीहरुले निर्धारित दर भन्दा ३०-४० प्रतिशत सम्म कम शुल्कमा नै कामको जिम्मेवारी लिने गरेको पाइन्छ, तर यसरी लिइएको जिम्मेवारी लिएर सही तवरले उक्त काम पूरा गर्न सक्ने अवस्था नरहँदा समस्या सृजना हुने गरेको छ ।

परामर्शदाताको महत्व 
विकास कार्यलाई राम्रो तवरले सम्पन्न गर्नको लागि परामर्शदाता इन्जिनियरको भूनिका समेत निकै महत्वपूर्ण भूमिका रहने गर्छ । समग्र पूर्वाधार निर्माणलाई गुणस्तरीय र दिगो बनाउन अनुभवी परामर्शदाताबाट सम्बन्धित आयोजनाको अध्ययन हुनु जरुरी रहन्छ । नेपालमा अघी बढाइएका थुप्रै ठूला आयोजनाहरु समेत राम्रो तवरले अध्ययन नभएकै कारण सफल नभएका थुप्रै उदाहरणहरु पाउन सकिन्छ । कतिपय आयोजना अध्ययनको क्रममा त्रुटि भएको कारण अनुमानित लागत भन्दा अत्यधिक महँगो हुन पुगेको अवस्था पनि छ । सिक्टा सिँचाई परियोजना असफल हुनुमा निर्माण पक्षको मात्र नभई परामर्शदाताबाट राम्रो तवरले अध्ययन नहुनु पनि अर्को मुख्य कारणको रुपमा रहेको पाइएको छ ।

कुनै पनि आयोजनालाई कसरी सम्पन्न गर्ने हो, त्यसको राम्रो तवरले अध्ययन गरी त्यसको डिजाइन गर्ने, लागत अनुमान गर्ने, तथ्याङ्क सङ्कलन गरी विश्लेषण एवं त्यसलाई आवश्यकता अनुसार प्रयोगमा ल्याउने लगायत कार्य समेत परामर्शदाताको नै हुने कुरालाई विचार गर्दै कुनै आयोजना अघी बढाउने क्रममा सम्बन्धित परामर्शदाताको योग्यता, अनुभव लगायतका कुराहरुमा विचार सचेतना अपनाउनुपर्ने हुन्छ । कुनै निर्माणको काम निर्माण व्यवसायीबाट सम्पन्न भएपश्चात् उक्त कार्य राम्रो तवरले सम्पन्न भएनभएको बारे सुपरभिजन गर्ने कार्य समेत परामर्शदाताको नै रहुने हुनाले परामर्शदाताको भूमिका निकै महत्वपूर्ण रहने गर्छ । अहिेलेको अवस्थामा कुनै आयोजना सम्पन्न गर्ने क्रममा शुरुमा उक्त उक्त आयोजनाको अध्ययन जुन परामर्शदाता कम्पनीबाट अघी बढाइएको हो, काम सम्पन्न भएपश्चात् त्यस आयोजनाको सुपरभिजन समेत सोही कम्पनीबाट नै हुने व्यवस्था रहेको खण्डमा सम्बन्धित आयोजनामा परामर्शदाता व्यवसायीलाई बढी जिम्मेवार बनाउन सकिन्छ । तर अहिले भने यस्तो व्यवस्था कम रहेकोे कारण आयोजना सम्पन्न गर्ने क्रममा त्यसको गुणस्तरीयतामा केही समस्या आउने गरेको पाइन्छ ।

 

विकास कार्यलाई राम्रो तवरले सम्पन्न गर्नको लागि परामर्शदाता इन्जिनियरको भूनिका समेत निकै महत्वपूर्ण भूमिका रहने गर्छ । समग्र पूर्वाधार निर्माणलाई गुणस्तरीय र दिगो बनाउन अनुभवी परामर्शदाताबाट सम्बन्धित आयोजनाको अध्ययन हुनु जरुरी रहन्छ ।

निर्माण क्षेत्रमा कामका प्रकृतिहरु 
नेपालमा निर्माण क्षेत्रसँग सम्बन्धित कामहरुलाई सरकारी, निजी र गैरसरकारी गरी ३ प्रकृतिमा हेर्न सकिन्छ । कुनै सरकारी काम अघी बढाउँदा अहिले विभिन्न किसिमका नीतिगत झण्झटहरु व्यहोर्नुपर्ने अवस्था छ । साथै सरकारी निर्माण कार्य अघी बढाउने क्रममा सम्बन्धित कामको लागि धेरै कम्पनीहरु योग्य हुँदाहुँदै पनि पहुँच र नजिकको सम्पर्कका व्यक्तिहरुले सहजै कामको जिम्मेवारी पाउने अवस्था समेत छ । यस कुरामा विचार गर्दै सम्बन्धित कार्यमा दक्षता भएका सबैले सहजै उक्त कामको जिम्मेवारी लिन सक्ने किसिमले व्यवस्था हुनु जरुरी छ । साथै कुनै काम अघी बढाउँदा कुनै समस्या समस्या उत्पन्न भए के कारणले उक्त समस्या सृजना भएको हो, त्यस सम्बन्धमा सम्बन्धित पक्षहरु बीच छलफल गरी समाधान गर्नु जरुरी रहन्छ ।

अन्त्यमा,
नेपाल आफैंमा विकासोन्मुख देश हो । अहिले नेपालमा पनि ठूला संरचना समेत निर्माण हुने क्रममा छन् । साथै पछिल्लो समय संघीय संरचना बमोजिम नेपालमा निर्माण भएका स्थानीय निकायहरुमा समेत इन्जिनियरिङ कार्यहरु अब निकै ठूलो मात्रामा अघी बढ्ने क्रममा छन् । सोही बमोजिम नेपालका विभिन्न क्षेत्रहरुमा व्यवस्थित विकासको उद्धेश्यले राज्य मातहत गुरुयोजनाहरु बनाई विकास कार्य अघी बढाउनु जरुरी छ । यस्तो अवस्थामा एकातिर नेपालमा विकासका सम्भावनाहरु प्रशस्तै छन् भने अर्कोतिर ती सम्भावनालाई वास्तविकतामा बदल्नको लागि सोही बमोजिम दक्षता र योजना भएका योग्य जनशक्तिको समेत खाँचो छ । इन्जिनियरिङ क्षेत्रमा पनि ठूलो परिमाणमा दक्ष जनशक्तिको आवश्यकता छ । यससँगै नेपालमा नै रहेर काम गर्न चाहने इन्जिनियरहरुको लागि नेपालमा अब निकै राम्रो अवसर छ । साथै इन्जिनियर मुलुकको विकासका कर्णधार हुन् । नेपालमा नै रहेर पूर्वाधार निर्माण तथा परामर्श क्षेत्रमा काम गर्ने इन्जिनियरिङ जनशक्तिले नेपाललाई समृद्ध मुलुक बनाउने कार्यमा ठूलो योगदान पु¥याइरहेका छन् । राज्य पक्षबाट पनि यस कार्यको उचित मूल्याङ्कन हुनु जरुरी छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: