चर्चित भारतीय क्रिकेट अलराउण्डर सिंहको सन्यास


भारतीय अलराउण्डर युवराज सिंहले क्रिकेटबाट सन्यास लिएका छन् । आफ्नो क्रिकेट करियरमा भारतका लागि ४० टेस्ट, ३०४ एकदिवसीय र ५८ टी-२० खेल खेलेका युवराजले क्रिकेट खेलाडीको करियरबाट बिदा लिने निर्णय गरेका हुन् ।

उनी यो समयकै सबैभन्दा उत्कृष्ट भारतीय अलराउण्डर हुन् । विस्फोटक ब्याटिङ, स्पिन बलिङ र उत्कृष्ट फिल्डिङका कारण उनी  उत्कृष्ट अलराउण्डरको परिचय बनाउन सफल भएका थिए ।

सन् २०११ मा भारतले विश्वकपको ट्रफी उचाल्दा उनले प्रतियोगितामा चार वटा अर्धशतक र एउटा शतक बनाएका थिए । साथै उनले १५ विकेट समेत लिएका थिए । उनले आयरल्याण्डविरुद्धको एउटै खेलमा पाँच विकेट लिएका थिए । जसका कारण उनी प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ समेत घोषित भएका थिए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: