हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु , ४८ घाईते


भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् । राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्लामा प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त भएको बताए । उनले आँधी प्रभावित जिल्लाहरुमा राहत र उद्धारको कार्य जारी रहेको जानकारी दिए ।

हावाहुरीबाट प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार चट्याङका साथै रुख र पर्खालहरु ढलेर मानिसको मृत्यु भएको छ । स्थानीय प्रशासनले मृतकका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

हावाहुरीबाट ठुलो संख्यामा घरपालुवा पशुपक्षी मरेका छन् । यस्तै, प्रभावित क्षेत्रमा भएको जनधनको क्षति विवरण संकलन गर्ने कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: