‘सर्टिफिकेट’धितोमा ऋण लिने नगन्य


सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्था गरे पनि यसमा विद्यार्थीको आकर्षण न्युन देखिएको छ।

गत भदौमा मन्त्रिपरिषदले शैक्षिक प्रमाणपत्र धितोमा राख्न मिल्ने प्रस्ताव  पास गर्दा सरकार र विद्यार्थी खुसी देखिन्थे।

स्नातक पास गरेका विद्यार्थीले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण झिक्न पाउने भए पनि आठ महिनामा जम्मा ६ जनाले मात्रै ऋण लिएकोले यसको प्रभावकारितामाथि प्रश्न उठेका छन्।

अर्थ मन्त्रालयले जेठ ९ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा शैक्षिक प्रमाणपत्र धितो राखेर ६ जनाले २५ लाख रूपैंया ऋण लिएको उल्लेख छ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: