नारायणी नदीमा पानीजहाजको सम्भावना अध्य्यन गरिँदै 


नेपाल सरकार, जल तथा उर्जा आयोगको सचिवालायले नारायणी नदिमा पानीजहाज सन्चालनको सम्भाव्यता समबन्धी पहिलो चरणको अध्ययन सुरु गरेको छ ।
चितवनको दासढुङ्गा देखी नेपाल-भारत सिमानामा पर्ने गण्डक ब्यारेज सम्मको करीब ९० किलोमिटरको लम्बाइमा अहिले नारायणी नदिको गहिराइ नाप्ने काम भइराखेको सचिवालयको सहसचिव ऋषिराम शर्माले जानकारी गराउनु भयो ।
फिल्डबाट आवश्यक डाटा सङ्कलन गरिसकेपछि यसकाे  प्रारम्भिक अध्य्यन गर्ने र यही अध्ययन सिफारिसको आधारमा अर्को बर्ष विस्तृत अध्य्यनको काम अघी बढाउने सचिवालयको योजना छ ।
नारायणी नदिको गहिराइ नाप्न डि.जि.पि.एस. प्रणालीमा चल्ने इको साउन्डर र मोटर बोट जस्ता आधुनिक उपकरणको प्रयोग गरिएको उक्त अध्ध्यन कार्यमा संलग्न परामर्शदाता इन्नोभेटिभ ईन्जिनियरिङ सर्भिसेज प्रा.लि.का प्रबन्ध निर्देशक अनुप खनालले जानकारी गराउनु भयो । फिल्ड्को सम्पुर्ण नापजाँचको काम एक महिना भित्र सम्पन्न गरिसक्ने लक्ष्य राखेको फिल्ड्मा कार्यरत कम्पनिका निर्देशक सागर शाहीले बताउनु भयो ।
Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: