भारतबाट २१ अर्बको विद्युत् आयात


नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन भारतबाट आयात गर्न थालेको विद्युत् परिमाण हरेक वर्ष बढ्दै गएको छ । गत आर्थिक वर्ष भारतबाट १८ अर्ब ४१ करोडको रुपैयाँबराबरको विद्युत् आयात भएकोमा चालू आर्थिक वर्ष २१ अर्ब पुग्ने अनुमान प्राधिकरणको छ । चालू आर्थिक वर्षको १७ जेठसम्म १७ अर्ब ७९ करोड रुपैयाँको विद्युत् आयात भइसकेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

यद्यपि, यसमा दार्चुला र बैतडीमा भारतबाट आउने १ मेगावाट, उत्तर प्रदेशबाट नेपालगन्जमा आउने १० मेगावाट र बिहारबाट आउने गरेको ३ सय मेगावाट विद्युत्को केही भारतले नपाठाएको उनले बताए । आजको नयाँ पत्रिका दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: