नेशनल माेडल स्कुलले आयाेजना गर्याे वातावरणीय सचेतना कार्यक्रम


नेशनल माेडल इङ्गलिस सेकेण्डरी स्कुलले विश्व वातावरण दिवसकाे अवसरमा स्वच्छ वायु -स्वच्छ जीवन भन्ने मूल नाराकाे साथ विविध कार्यक्रमहरू सम्पन्न गरेकाे छ ।

विद्यालयले तारकेश्वर नगरपालिका वडा नम्बर १० र ११ का स्थानीयवासीहरूलाइ ३ सय थान डस्टविन वितरण गर्नुकाे साथै वातावरण संरक्षण सम्बन्धी विभिन्न नाराहरू लेखिएका व्यानर सहित सचेतना र्यालीकाे समेत आयाेजना गरेकाे थियाे । उक्त र्यालीमा विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी एवं शिक्षकहरू गरी २ सय ६० जनाकाे उपस्थिति रहेकाे थियाे ।

विद्यार्थीहरूले र्यालीकाे अलावा सडक सरसफाइ समेत गरेका थिए । विद्यार्थी एवं शिक्षकबाट गरिएकाे सरसफाइमा करिब ७ सय किलाे फाेहाेर संकलन भएकाे विद्यालयले जनाएकाे छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाइ व्यावहारिक ज्ञान उपलब्ध गराउनुका साथै सामाजिक सचेतना विकासमा समेत सहयाेग पुर्याउने उद्देश्यले  याे कार्यक्रम आयाेजना गरेकाे विद्यालयका प्रिन्सिपल डिएन अधिकारीले बताउनुभयाे ।

विद्यालयले विद्यार्थीहरूलाइ सैद्दान्तिक ज्ञानकाे साथै व्यावहारिक ज्ञान समेत उपलब्ध गराउने प्रतिबद्दताकाे साथ विभिन्न अतिरिक्त क्रियाकलाप संचालन गर्दै आएकाे छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: