लोकसेवा देखि ब्रिटिश सेना सम्बन्धि आवाज उठे संसदमा


प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै सांसदहरुले समसामयिक विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। शुन्य समयमा बोल्दै सांसद मिनबहादुर विश्वकर्मा सरकार दिनानुदिन निर्मम, निरंकुश र सर्वसत्तावादी हुँदै गएको आरोप लगाए।  लोकसेवा आयोगले हालै सार्वजनिक गरेको विज्ञापनले उक्त कुराको पुष्टि गरेको उनले दाबी गरे।

उनले लोकसेवा आयोगको विज्ञापन खारेज गरि संविधानको धारा ३८, ४० र ४२ को कार्यान्वयन हुने गरि पुन प्रकाशित गर्न माग गरे। सांसद मिनेन्द्र रिजालले संविधानसभा पदकको डिजाइन र सुशोभनको शैलीले संविधान निर्माणका लागि गरिएको बलिदानीपुर्ण संघर्ष र संविधानको मर्म, भाव र उत्तराधिकारलाई परिलक्षित गर्न नसकेको गुनासो गरे।

सांसद यज्ञ बहादुर बोगटी जेठ १० गते अछामको ढकारी गाउपालिका वडानम्बर ४ बलातामा आगलागीबाट ७ वटा घरपुर्ण रुपमा नष्ट भएको, पशुंपक्षी लगायत नगद जिन्सिको क्षति भएको भन्दै तत्काल पीडीतलाई राहतको व्यवस्था गर्न माग गरे।

सांसद यज्ञराज सुनुवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो बेलायत भ्रमणको क्रममा भुपु गोर्खा सैनिकहरुले वर्षौदेखि उठाउँदै आएको समानताको माग सम्बोधनका लागि ठोस पहल गर्न आग्रह गरे। सांसद रंगमती शाहीले जेठ ७ गते तिब्बतको पात्लाकोटमा एक जना चिनिया महिलाको मृत्यु भएको र सो को छानविनका लागि हुम्लाका तेज बहादु थडेरालाई ताक्लाकोटको पुरुङ लगिएको तथा त्यसपछि कामदारलाई हुम्लामा लखेट्ने काम गरिएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए।

सांसद राजेन्द्र प्रसाद लिङदेनले विगत तीन दशकदेखि बेलायति भुतपुर्व सैनिकहरु समान कामको समान ज्यालाको माग राखेर आन्दोलनमा रहेको भन्दै प्रधानमन्त्रीको बेलायत भ्रमणको क्रममा सो समस्याको समाधानलाई निष्कर्षमा पुर्याउने विषयमा उचित पहल गर्न माग गरे।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: