गाउँ वाट विकास गर्ने कि शहर बाट ? सरकार अलमल देखियो : थापा


नेपाली कांग्रेसका सांसद सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिबिम्बित हुन नसकेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुदै सांसद थापाले सरकारको लक्ष्यअनुसार बजेटमा विकासको दर्शन आउन नसकेको टिप्पणी गर्नुभयो ।

बलियो सरकारले ल्याएको बजेटमा विकासको प्रस्थान विन्दु गाउँ हो कि शहर हो भन्ने मा नै अन्योल देखिएको तर्क उहाँले गर्नुभयो । बजेटमा आर्थिक विकासको र राजश्वको लक्ष फेला नपरेको, नेकपाको विकास दर्शन र सिद्धान्त फेला नपरेको तथा मन्त्रालयगत प्राथमिकता निरासाजनक भएको टिप्पणी उहाँले गर्नुभयो । बहुमतको सरकारले देशको आर्थिक विकासका लागि निरन्तरतामा क्रम भंग गरी रुपान्तरणको बाटोमा अघि बढ्छ भन्ने नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको दाबी गर्नुभयो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: