२०७६ को पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक


१६औं संस्करणको बजाज पल्सर स्पोर्ट्स अवार्डअन्तर्गतको पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अवार्डको १० विधामध्ये आइतबार भोटिङको आधारमा विजेता छानिने पिपुलस च्वाइस अवार्डको मनोनयन सार्वजनक गरिएको हो । यसपालिको पिपल्स च्वाइस विधाको मनोनयनमा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका युवा स्टार प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन परेका छन् । पाँच खेलाडी २०७५ सालभर खेलाडीका रूपमा खेलकुद क्षेत्रमा लोकप्रियता हासिल गर्न सफल खेलाडीलाई मनोनयन गरिएको मञ्चक महासचिव प्रज्वल ओलीले बताए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: