‘बैंक मर्ज’मा जान बैंक र वित्तीय संस्थाको लहर


नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२÷७३ को मौद्रिक नीतिमार्फत ल्याएको मर्जर तथा एक्विजिसन तीव्र रूपमा अघि बढिरहेको छ । मुलुकका बैंक तथा वित्तीय संस्थालाई बलिया र ठूलो लगानी गर्न सक्ने क्षमताका बनाउने उद्देश्यका साथ राष्ट्र बैंकले मर्जर तथा एक्विजिसन नीति ल्याएसँगै अधिकांश बैंक तथा वित्तीय संस्था मर्जर भइसकेका छन् भने ठूला(वाणिज्य) बैंकहरूले आफैंले पुँजी पु¥याएका छन् ।

पछिल्लो समय ठूला तथा साना बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज तथा एक्विजिसन गर्ने क्रम बढेको छ ।
बजेटमार्फत ठूला बैंकको मर्जर गर्ने घोषणा गरेपछि साना वित्तीय संस्थालाई मर्जर तथा एक्विजिसनका लागि दबाब परेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार अहिले दुई दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा एक्विजिसजमा जान राष्ट्र बैंकसँग स्वीकृति मागेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । प्रवक्ता निरौलाका अनुसार वाणिज्य बैंक, विकास बैंक फाइनान्स(वित्त कम्पनी) तथा लघुवित्त वित्तीय संस्थाहरू मर्जरमा जान लागेका छन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: