ओली र प्रचण्ड बीच बालुवाटारमा छलफल


नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । पार्टी एकताका बाँकी टुंग्याउने बारे दुई अध्यक्षबीचमा छलफल भएको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा पछिल्लो समयमा नेकपाभित्र पैदा भएको तरङ्ग र सोमबार बस्ने सचिवालय बैठकको ऐजेण्डाबारे छलफल भएको श्रोतले बताएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डले केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा सरकार परिवर्तनका विषयमा दिएको अभिव्यक्तिले तरङ्ग पैदा भएको छ । बैठकमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागि थिए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: