विप्लव नेकपाका पूर्व मन्त्री समेत रहेका नेता राई सत्ताधारी नेकपामा प्रवेश


सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक दिन नेत्रविक्रम चन्द (विप्लव)पनि नेकपामा आउने दाबी गरेका छन् ।

विप्लव समूहले लिएको बाटोबाट गन्तव्यमा नपुगिने उनको दाबी छ ।

विप्लव समूहका नेता पदम राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘एक दिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्छ । अहिले जुन बाटो हिँडिएको छ, यो गन्तव्यमा पुग्ने बाटो होइन । यसले राष्ट्र र जनतालाई क्षति मात्र गर्छ ।’

उनले अरु कम्युनिस्ट घटकहरुलाई पनि एकतामा आउन आहृवान गरे ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: