विश्व कप क्रिकेट २०१९ : श्रीलंकाको न्युजील्याण्ड सामु निरिह


गत संस्करणको क्रिकेट वर्ल्ड कपको उपविजेता न्यूजिल्याण्डले इंग्ल्याण्डमा जारी आईसीसी विश्वकपको पहिलो खेलमा जित हात पारेको छ ।

शनिबार भएकाे पहिलाे खेेलमा न्यूजिल्याण्डले श्रीलंकालाई १० विकेटले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका २९ ओभर २ बलमा १३६ रन बनाउँदा अलआउट भयो । उसका लागि दिमुथ करुणारत्नेले अर्धशतक पार गर्दै ५२ रन बनाए भने कुशल परेराले २९ तथा थिसरा परेराले २७ रन बनाउँदा अन्य खेलाडीले १० रन पनि जोड्न सकेनन् ।

श्रीलंकाको इनिङलाई धरासायी बनाउनका लागि म्याट हेनरी र लकी फर्गुसनले ३–३ विकेट लिए ।

१३७ रनको कमजोर लक्ष्य न्यूजिल्याण्डले विना कुनै विकेटको क्षतिमा ३४ ओभर १ बलमा पूरा गर्‍यो । न्यूजिल्याण्डका लागि मार्टिन गप्टिलले ७३ रन बनाए भने कलिन मन्रोले ५८ रन जोडे ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: