नेपाल एपीएफ क्लब सेमिफाईनलमा प्रवेश


नेपाल एपीएफ क्लबले तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
शुक्रबार ४३ ओभरमा कटाइएको खेलअन्तर्गत एपीएफले गण्डकी प्रदेशविरुद्ध ६ विकेटको जित हात पारेको हो।

लगातार तेस्रो जितसँगै एपीएफ एक खेल खेल्नुअगावै अन्तिम चारमा पुग्यो। विभागीय टोलीले गण्डकीले दिएको १ सय २६ रनको लक्ष्य २३ ओभरमा ४ विकेट गुमाएर प्राप्त गरेको थियो। टोलीका लागि ओपनर शरद भेषवाकरले ५४ बलमा ४ चौकासहित ३५ रन बनाए। उनले विजयी चौका प्रहार गरेका थिए। त्यस्तै प्रदीप ऐरीले ३३ रन, आशिफ शेखले २० रन बनाए। ऐरीले ३० बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए। गण्डकीका लागि दीपेश श्रेष्ठले सर्वाधिक ३ विकेट लिए।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: