रंगशाला निर्माणमा डोजार लाउने कंडेललाई पार्टीले गर्यो यस्तो कारवाही


रंगशालाको अस्थायी बार डोजर लगाएर भत्काएको आरोपमा पक्राउ परेका प्रकाश कँडेललाई नेपाल कम्युनिष्ट पार्टी नेकपाले मुख्य नाइके घोषित गरेको छ । ‘घटनाका मुख्य नाइके प्रकाश कँडेललाई पार्टी सदस्यबाट निलम्बन गरी कारवाही गरेका छौं,’ नेकपा चितवनका अध्यक्ष यमबहादुर परियाले बिहीबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

पार्टीले दोषिलाई कारवाही गरेर क्षतिपूर्ति भराउन माग गरेको छ। सो घटनामा संलग्न भएको भन्दै अर्का पार्टी सदस्य भैरव बस्ताकोटीलाई दुई महिनाको लागि निलम्बन गरेको अध्यक्ष परियारले जानकारी दिए।

रामपुरमा बन्ने प्रस्तावित गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाकाे अस्थायी बारमा डाेजर लगाएकाे आराेपमा प्रहरीले प्रकाश कँडेललाई समाएकाे थियो। मुख्य आराेपितका रूपमा चर्चामा आएका कँडेल घटना भएकाे १२ घण्टापछि समातिएका हुन्।
Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: