नाकाबन्दीका योजनाकार बने मोदि सरकारमा भारतीय विदेश मन्त्री


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डलको विस्तार गरेका छन् । उनले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेको एक दिनपछि आज शुक्रबार मन्त्रिमण्डलको कार्यविभाजन गरेका हुन् ।समाचार एजेन्सीहरुका अनुसार गृह मन्त्रालयको जिम्मेवारी अमित शाहलाई दिइएको छ । मोदीको अघिल्लो कार्यकालमा गृह मन्त्रालयको जिम्मेवारी राजनाथ सिंहले सम्हालेका थिए । शाहलाई पहिलो पटक मन्त्री बनाइएको हो । भारतीय जनता पार्टीको अध्यक्षसमेत रहेका शाहले गृह मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

यसअघि गृह मन्त्रालय सम्हालेका राजनाथ सिंहलाई भने यसपटक रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी निर्मला सीतारमणलाई दोस्रो कार्यकालमा अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । र विदेश मन्त्रीमा एस जयशंकरलाई चुनेका छन् । अरुण जेट्लीले स्वास्थ्यका कारण सरकारमा सहभागी हुन असमर्थता जाहेर गरेपछि सीतारमणलाई सो जिम्मेवारी दिइएको हो ।

त्यस्तै नितिन गडकरीलाई सडक परिवहन मन्त्री बनाइएको छ । रमेश पोखरियाललाई मानव संशाधन मन्त्रालय, हर्षवर्धनलाई स्वास्थ्य, विज्ञान एवं प्रजिधि र पृथ्वी विज्ञान मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेस अध्यक्ष राहुल गान्धीलाई पराजित गरेकी स्मृति इरानीलाई महिला एवं बाल विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: