आर्थिक बर्ष २०७६/७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख


सरकारले आर्थिक बर्ष २०७६/७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार संघीय संसदमा बजेट पेस गर्दै चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५१ लाख र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ खर्ब ८५ करोड ९८ लाख विनियोजन गरे ।

चातुलर्फ ६२.४ प्रतिशत, पुँजीगतफर्त २६.६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ ११ प्रतिशत बजेट विनियोजना गरिएको छ । सरकारले राजश्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख स्रोत व्यवस्थापन गरिने खतिवडाले उल्लेख गरेका छन् । वैदेशिक अनुदानबाट ५६ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ व्यवस्था गर्ने योजना बनाइएको छ । ४ खर्ब ९३ लाख ८३ करोड ३३ लाख वैदेशिक तथा आन्तरिक ऋणबाट व्यवस्था गर्ने उल्लेख छ ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: