वीरगञ्ज कृषि औजार कारखाना पुन संचालनमा ल्याईने तयारी


लामो समयदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याइने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विगत १६ वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

मन्त्रालयका सहसचिव गोविन्दप्रसाद शर्माको संयोजकमा गठित पाँच सदस्य कार्यदल गठन अध्ययन टोलीले कारखाना सञ्चालन गर्न सक्ने जनाएको छ । सो टोलिले बिहीबार मन्त्रालयलाई प्रारम्भिक अध्ययन रिर्पोट बुझाएको हो । सो कारखाना पुनः सञ्चालनका लागि मन्त्रालयका सहसचिव कृषि अर्थविज्ञ, प्रमुख कृषि इन्जिनियरिङ, मेकानिकल इन्जिनियर र वरिष्ठ कृषि इन्जिनियरको टोलीले कारखानाको प्रारम्भिक अध्ययन गरेको थियो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: