संसदीय दलको नेतामा मोदी नै


भारतीय जनता पार्टी (भाजपा) तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्सको संसदीय दलको नेतामा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसम्मत चुनिएका छन् ।
लाई सर्वसम्मत रूपमा चुनिनुभएको भाजपा अध्यक्ष अमित शाहले बताउनुभएको छ ।

भारतीय लोक सभा निर्वाचनमा भाजपाले प्रचण्ड बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपति समक्ष राजिनामाको पेश गरि नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खोलेका थिए । भारतीय संसदीय परम्परा अनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइन्छ ।

भाजपा नेता मोदीलाई भाजपाको संसदीय दलको नेताका लागि भाजपा अध्यक्ष अमित शाहले प्रस्ताव गरेका थिग । नेता राजनाथ सिंहले शाहको प्रस्तावलाई भाजपा संसदीय दलको तर्फबाट समर्थन गरे । भाजपा नेता सिंहले मोदी भाजपा तथा एनडीएको संसदीय दलको नेताका रूपमा सर्वसम्मत चयन भएको घोषणा गरेका थिए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: