के जान्थे सांसद पुस्तकालय तिर ?


सांसदलाई अध्ययनका लागि संघीय संसद्ले आफ्नै पुस्तकालय व्यवस्थापन गरेको छ । राजनीति, साहित्य, इतिहास, कूटनीति, कानुनलगायत विषयका ४० हजार पुस्तक संसद्को सिंहदरबारस्थित पुस्तकालयमा छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

२००८ देखिका दस्ताबेज र भर्खरै बजारमा आएका पुस्तक पनि त्यहाँ छन् । तर, सांसदहरू पुस्तकालय नै जाँदैनन् । संसद् सचिवालयको अभिलेखअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदमध्ये पछिल्लो पाँच महिनामा २७ सांसद मात्रै पुस्तकालय छिरेका छन् ।

सभापति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति (राष्ट्रिय सभा)

हामीले समितिका तर्फबाट पुस्तकालयको अनुगमन गरेका थियौँ । संविधानसभा तथा व्यवस्थापिका संसद् हुँदा सांसदहरूले लगेका कतिपय पुस्तक फिर्ता नभएको पाइएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: