पाँचथर हत्याकाण्ड : भागेकी वालिकालाई मनोपरामर्श


आरुबोटे हत्याकाण्डमा भागेर बाँचेकी १३ वर्षीया सीता खजुम नयाँ मान्छे देख्दा डराउँछिन् । आफ्ना कुरा राम्ररी भन्न सकिरहेकी छैनन् ।

पाँचथरको मिक्लाजुङ ३, आरुबोटेमा सोमबार राति भएको कहालिलाग्दो घटनाको एक मात्र प्रत्यक्षदर्शी उनलाई चिकित्सकले मनोपरामर्श गरिरहेका छन् । ‘उनलाई सहज हुने गरी परामर्शमार्फत उपचार गरिरहेका छौं,’ वरिष्ठ फिजिसियन डा.मुक्ति भट्टराईले भने, ‘मानसिक रूपमा उक्त घटना भुलाउने प्रयास गरिरहेका छौं ।’

उनलाई शारीरिकभन्दा मानसिक असर बढी परेको भट्टराईले बताए । भट्टराईका अनुसार उनको दायाँ हातको कुइनामा चोट छ । घरबाट भाग्ने क्रममा चिप्लिएर लडदा चोट लागेको हो । घाउमा चार टाँका लगाइएको छ । उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: