सगरमाथा चढ्नेको लर्को !


संसारकै सर्वोच्च शिखर सगरमाथा । नेपालका लागि मात्रै नभएर संसारकै लागि पनि रोमाञ्चक प्राकृतिक सम्पदा । अझ आरोहीका लागि त पवित्रस्थल, जहाँ संसारभरका आरोहीले पुग्ने सपना देख्छन् । त्यही सपना पछ्याउँदै यो वसन्त ऋतुमा संसारभरका आरोही सगरमाथा क्षेत्र पुगेका छन् । समुद्र सतहबाट आठ हजार आठ सय ४८ मिटरको यो शिखर उत्तरी र दक्षिणी मोहडाबाट चढ्न सकिन्छ । उत्तरी अर्थात् चिनियाँ क्षेत्रभन्दा दक्षिण अर्थात् नेपालबाट सगरमाथाको चुचुरोमा पुग्न धेरै आरोही लालयित हुन्छन् ।

यसपटक पनि विभिन्न देशका आरोही सगरमाथा क्षेत्रमा पुगेका छन् । पर्यटन विभागका अनुसार वसन्तयामका लागि तीन सय ८१ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका छन् । त्यसमध्ये केहीले केहीले आरोहण गरिसकेको र केही आरोहणको पर्खाइमा रहेको पर्र्यटन विभागको पर्वतारोहण शाखाकी प्रमुख मीरा आचार्यले बताइन् ।

सगरमाथा आरोहणका लागि सबैभन्दा बढी भारतका ७८ आरोहीले अनुमति लिएका छन् । त्यस्तै, अमेरिकाका ७५, क्यानडाका ६०, चीनका ६० र बेलायतका ४४ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकबाट |

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: