अंग्रेजी नामबाट चलेका कलेजको नाम फेर्नु पर्ने नियम !


नेपाली नाम नपाएर होला कि किन हो निजी विद्यालयहरूले अंग्रेजी नाममा भसक्कै साइनबोर्ड हाले । सरकारले नियमावली बनाएर नाम नेपाली बनाउन निर्देशन के दिएको थियो, अहिले तिनै विद्यालयलाई नाम जुराउनै मुस्किल भइरहेको छ ।

नामकै कुरा गर्ने हो भने आगामी दिन यी विद्यालयका साइनबोर्डमा के देखिएलान् ? नाम हेर्नोस्न, नेरिक, प्यासिफिक, टेक्सस, ग्लेसियर इन्टनेसनल, ल्यान्डमार्क, सेन्ट पल, जेनिथ, एम्बिसन, प्यारागन, बेबिलोन, रिभरडेल, एक्सिस, मल्पी, मेरिडियन, सुप्रिम, क्यानभास, ओपल, मेरी पपिन्स ।

नाम खुट्याउँदै जाने हो भने अल्पाइन, इलाइट ग्रान्ड, जेनेसिस, डिभाइन बड, प्रोलिफिक, युनिभर्सल, गोल्डेनगेट, गोल्डेन गार्डन, लब्ली एन्जेल, विन्डी हाउस, कस्मिक, न्यु टुलिप, स्काई लाइट, अपोलो, ओरियन्टल, नेक्सस छन् ।

त्यति मात्र किन ? मिल्सबेरी, क्लिन्टन, एप्पल, लिभरपुल, न्यु लिरा, फ्युचर स्टार, जोसेफ, आइडल, मोर्गन, कन्स्टलेसन, लिबर्टी, ग्लोबल, हर्टल्यान्ड, न्युटन, स्टेनर, होली भिजन, क्यामेलिया, जिलेट, तेलिक, पेनउड, टेरेसा, अक्सफोर्ड, कोलम्बस, क्याम्ब्रिज, ओडेसी र वेस्टउडलगायत कत्ति–कत्ति । आजको कान्तिपुर दैनिकबाट |

 

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: