मोदीको गठबन्धनलाई बहुमत


भारतको लोकसभा चुनाव–२०१९ मा भारतीय जनता पार्टी र उसँगको गठबन्धन नेसनल डेमोक्र्याटिक एलाइन्स (एनडिए) ले प्रचन्ड बहुमत हासिल गर्ने निश्चित भएको छ ।

दुई तिहाईको नजिक पुगेको चुनावी नतिजापछि मोदीले दिल्ली मुल्ख्यालयमा आयोजित समारोहमा उक्त जितको दिन आफ्ना समर्थहरुलाई स्वतन्त्रताका सिपाहीहरुको स्मरण गर्न र देशलाई समृद्ध राष्ट्र बनाउने सकल्प गर्ने दिन भएको बताएका छन् |

गरिबको सामान्य आवश्यकता पुरा गर्ने हो भने सन् २०२४ अगाडी देशलाई नयाँ उचाइमा पुर्याउनुपर्ने उनको भनाई थियो । सरकार बहुमतबाट बन्ने उल्लेख गर्दै यस चुनावलाई नम्रतापुर्वक स्विकार गर्ने धारणा मोदीले राखे |

लोकसभाको ५ सय ४२ सिटमा घोषित नतिजाबाहेक २ सय ६६ सिटमा एनडिएले अग्रता हासिल गरिरहेको छ । यसमा भाजपा २ सय ३०, शिवसेना १५, जनता दल (यु) १३ ,लोजपा ५, एसएडी २, अकाली दल र एआइएडीएमके २–२ गरी अन्य तीन पार्टी एक एक सिटमा अग्रता हासिल गरिरहेका छन् ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: