२५ अर्बकै कृषि बजेट तय हुँदै


आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २५ अर्ब २४ करोड रुपैयाँको बजेट प्रस्ताव गरेको छ । आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रममा थप गरेर पुरानै कार्यक्रमलाई निरन्तरता दिएको मन्त्रालयले जनाएको छ ।

सकारले चालू आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई करिब २२ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । कृषि क्षेत्रको विकासका लागि यस वर्ष ३ अर्ब रुपैयाँ बढाएर अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले विगतका वर्षमा सञ्चालनमै आएका केही महŒवपूर्ण कार्यक्रममा थप बजेट बढाएर २५ अर्ब २४ करोड रुपैयाँको प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको बताए ।

प्रवक्ता सुवेदीले २०७० वर्षमा सञ्चालनमा आएको युवा लक्षित कार्यक्रमलाई नै युवा विशेष कृषि कार्यक्रम ल्याएको बताए ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: