ईटहरीका मेयर ‘उदण्ड’ चौधरी काण्डवाला


प्रदेश १ को जङ्शन, इटहरी । र, त्यो उम्दा उपमहानगरपालिकाका रूपमा व्याख्या पनि हुन्छ । नगरपालिका घोषणा भएदेखि नै तत्कालिन एमालेको नेतृत्व हुँदा कहिले पनि विवाद थिएन । तर, हालका मेयर द्वारिकलाल चौधरी निर्वाचित भएपछि भने विवादको घेराबन्दीमा परेको छ ।

मेयर चौधरीको उदण्ड, उत्पात र आवेशले नगरवासी आजित भएको गुनासो बढ्न थालेको छ ।

उनको उदण्डताको पराकाष्टचाहिँ कर्मचारीदेखि पत्रकारसम्मको कठालो समात्नु बन्यो । सौर्यवत्ति काण्डदेखि कर्मचारीको मोटरसाईकलको चाबी खोस्ने र सरकारी जग्गा खोज्ने नाममा डोजर चलाउनसम्म थालेका चौधरी गुण्डागर्दीमा उत्रिएको आरोप लाग्न थालेको छ ।

उनले बुधबार इटहरी–१९ का वडासचिव मनोज दाहाल र उपमहानगरपालिकाका सब ओभरसियर राम खड्कामाथि हातपात गरे । यहि प्रकरणमा चौधरीविरुद्ध कर्मचारी आन्दोलनमा छन् ।

समाचार संकलनको क्रममा प्रतिक्रिया लिन पुगेका पत्रकारद्वय विकल रेग्मी र कृष्णबहाव भट्टराईलाई गाली गलौज गर्दै मेयर चौधरीले दुव्र्यवहार गरेका थिए ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: