सिसि क्यामेरा छोपेर चोरी


सप्तरीको राजविराजमा रहेको ग्लोबल कृषि सहकारी हाटबजारमा बिहीबार चोरी भएको छ । चोरी गर्न आएका चोरले राजविराज–७ स्थित बजारमा राखिएको सिसी क्यामेरामा कालो रुमालले बाँधी पाँच पसलबाट चोरी गरेको ग्लोबल बहुमुखी सहकारी संस्थाका अध्यक्ष सुखराम यादवले जानकारी दिनुभयो ।

चोरले दृष्टि चामल पसलबाट रु २५ हजार, गुलशन खातुनको किराना पसलबाट रु ५० हजार, रोशनी कस्मेटिक पसलबाट रु आठ हजार नगदसहित २५ हजार बराबरको सामान, राजाराम यादवको फोटोकपी पसलबाट ल्यापटपसहित रु ६० हजार र सम्झना भुजेलको कस्मेटिक पसलबाट रु १० हजार नगदसहित २५ हजारको सामान चोरेर भागेको संस्थाका अध्यक्ष यादवले बताउनुभयो ।

Comment

Related News 

ताजा अपडेट

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: