मोदी अब रहेनन् चौकीदार : दोस्रो पटक प्रधानमन्त्री बन्दै


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा राखेको नाम चौकिदार नरेन्द्र मोदीबाट चौकिदार शब्द हटाएका छन् । मोदी आफैँले ट्वीटर गरेर चौकिदार शब्द हटाएको जानकारी दिएका हुन् ।

उनले आफ्नो नामको अगाडि चौकिदार हटाउँदै यस नाम अन्य मानिसहरुलाई पनि हटाउन आग्रह गरेका छन् ।

मोदीले ट्वीटरमा चौकिदार शब्दलाई आफ्नो अभिन्न अंगको रुपमा व्याख्या गरेका छन् । मत गणना भईरहेको लोकसभा चुनावमा उनले नामको अगाडि प्रयोग गरेको चौकिदार शब्दले निकै छाएको थियो । यस शब्दलाई विपक्षीहरु प्रयोग गर्न छुटाएका भने थिएनन् ।

अहिले मत गणना चलिरहेको लोकसभा चुनावमा भारत जनता पार्टी(भाजपा) बम्पर जितका लागि बढिरहेको छ। अहिलेसम्म एनडीए गठबन्धन ३४९ सीटमा अगाडि छ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: