चीनमा अलीपे र वीच्याटमाथि प्रतिबन्ध : प्रतिक्रियामा यसो भन्यो


नेपालले चिनियाँ भुक्तानीमाध्यम अलीपे र वीच्याटमाथि प्रतिबन्ध लगाएपछि चीनले पहिलो पटक औपचारिक प्रक्रिया दिएको छ। नेपालस्थित चिनियाँ दूतावासका वाणिज्य कन्सुलर झ्याङ फ्यानले  नेपालले चिनियाँ भुक्तानी सेवाप्रदायकलाई बाटो बन्द गर्नुको साटो वैधानिक गर्नु पर्ने बताए।

चिनियाँ पर्यटकका लागि सजिलो भुक्तानीको माध्यमलाई बन्द गरेपछि निरूत्साहित हुने उनको तर्क छ।

पछिल्लो समय नेपाल आउने चिनियाँहरुको संख्या बढेको भन्दै उनले यो ट्रेन्डलाई निरन्तरता दिनका लागि पनि नेपाली पक्षले पहल गरेर वैधानिक बनाउनु पर्ने उनले बताए।

अहिले नेपालमा चीनकै भुक्तानी सेवाप्रदायक युनियन पेले सेवा दिइरहेको र अलीपे र वीच्याटले पनि नेपालमा भुक्तानी सेवा दिन सहकार्य गर्न तयार रहेको उनले बताए।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: