राष्ट्रपतिलाई स्वागत गर्न बनाईएको पीच सडक यसरी पखालियो


राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंगा सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौँदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच साँझ आएको मुसलधारे पानीले बगाएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्ग, भैरवटोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको छ । गणेश मन्दिर चोकनजिक खाल्डा पुरेर गरिएको पिच मुसलधारे पानीले पूरै बगाएको छ ।

युगकवि सिद्धिचरण श्रेष्ठको १०८औँ जन्मजयन्तीका अवसरमा उनको पूर्णकदको सालिक अनावरण र स्रष्टापार्क उद्घाटनका लागि बिहीबार राष्ट्रपति भण्डारी ओखलढुंगा आउने कार्यक्रम छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले राष्ट्रपतिको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । सडक निर्माणको कामबाहेक स्वागतद्वार र सिँढी निर्माणमा नगरपालिकाले १० लाख खर्च गरेको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: