पूर्वी नवलपरासीमा ठुलो हावाहुरी : ३०० घर क्षति


नवलपुरको देवचुली नगरपालिकामा गएराति आएको हावाहुरीले झण्डै ३ सय घरमा क्षती पुर्‍याएको छ ।

हुरीसँगै असिनापानी परेपछि जनजीवन थप कष्टकर बनेको छ । देवचुली नगर उपप्रमुख पार्बता तिवारीले दिएको जानकारी गएराति आएको हावाहुरी र असिनाले झण्डै २ सय बढि घरको छाना उडाएको प्रारम्भिक अनुमान छ ।

नगरपालिकाको वडा नम्बर ६ , ७ , ८ , ९ ११, १२ र १४ मा रहेका घरको टिन र खरको छानो उडाएको उपप्रमुख तिवारीले बताइन् । तर, मानवीय क्षति भने भएको छैन ।

देवचुली नगरमा हावाहुरीले यति धेरै घरमा एकै पटक क्षति पुर्‍याएको यो पहिलो पटक हो । हुरी पीडितको अवस्था बुझ्न मेयर पुर्णकुमार श्रेष्ठ, उपप्रमुख तिवारीसहितका जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएका छन् ।

नगरका सितावास र मुण्डे क्षेत्रम बढी क्षति पुगेको छ । सितावास क्षेत्रमा बाटाभरी बिजुलीको पोल ढलेर बाटोसमेत अवरुद्ध छ । आजै बिपद ब्यबस्थापन समितिको बैठक बसि हुरी प्रभावितहरुलाई छिटोभन्दा छिटो राहतको व्यवस्था मिलाईने नगरपालिकाले जनाएको छ ।

Comment

Related News 

© 2016-2019 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: